पूर्वराष्ट्रपतिको घरभाडा जिम्मा राष्ट्रपति कार्यालयलाई
काठमाडौं, ९ जेठ । सरकारले पूर्वराष्ट्रपतिको घरभाडा, पानी र बिजुलीको बिल तिर्ने जिम्मेवारी राष्ट्रपति कार्यालयलाई दिएको छ ।
गत २६ चैतमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिको यस्तो महसुल तिर्न राष्ट्रपति कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारले राष्ट्रपति कार्यालयजस्तो सम्मानीत निकायलाई पूर्वराष्ट्रपतिले प्रयोग गरेको सुविधाको भाडा तिर्नेजस्तो काम लगाएको छ ।
यसको लागि अर्थमन्त्रालयले राष्ट्रपतिको कार्यालयलाई रकम निकासा दिने र राष्ट्रपति कार्यालयले यस्तो पैसा सम्बन्धित निकायबाट लगेर बुझाउनुपर्ने भएको राजधानी दैनिकमा समाचार छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...