-->
आइपिएल : बैंग्लोरले कोलकातालाई ९ विकेटले हरायो


जेठ ४ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । 
बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको हो । कोलकाताले प्रस्तुत गरेको एक सय ८४ रनको लक्ष्य बैंग्लोरले १८ दशमलव ४ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । 
बैंग्लोरका कप्तान विराट कोहलीले ५१ बलमा नटआउट ७५, एबी डी भिल्यिर्सले ३१ बलमा नटआउट ५९ तथा क्रिस गेलले ३१ बलमा ४९ रन बनाए । कोलकाताका सुनिल नरिनले एक विकेट लिए । 
यसअघि बैंग्लोरमा पहिले ब्याटिङ गरेको कोलकाताले पूरै २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८३ रन बनायो । उसका कप्तान गौतम गाम्भीरले ३४ बलमा ५१, मनिष पाण्डेयले ३५ बलमा ५० तथा आन्द्रे रुसेलले १९ बलमा नटआउट ३९ रन बनाएपनि हार टार्न सकेनन् ।
 बैंग्लोरका श्रीनाथ अरविन्दले दुई विकेट लिए । १२ खेलबाट १६ अंक जोडेको कोलकाता दोस्रो तथा १२ खेलबाट १२ अंक जोडेको बैंग्लोर पाँचौं स्थानमा छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.