मोटरसाइकलका लागि पनि 'स्मार्ट इमरजेन्सी सिस्टम'
कार तथा अन्य चारपांग्रे सवारीमा सुरक्षालाई ध्यानमा राख्दै इमरजेन्सी सिस्टम राखिन्छ। तर दुईपांग्रे सवारीमा यो सुविधा हुँदैन। दुईपांग्रे सवारीमा पनि सुरक्षा उत्तिकै महत्वपूर्ण हुन्छ। यसै कुरालाई मध्यनजर गर्दै बिएमडब्लुले मोटसाइकलका लागि पनि स्मार्ट इमरजेन्सी सिस्टम तयार गरेको छ।
यो सिस्टममा इन्टेलिजेन्ट इमरजेन्सी कलको सुविधा हुनेछ। यसमा हुने अटोमेटिक रेस्पोन्स सिस्टमका कारण यसमा आर्टीफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको पनि बताइएको छ।
बिएमडब्लुले तयार गरेको स्मार्ट इमरजेन्सी सिस्टमअन्तर्गत यसले मोटरसाइकल लड्ने वा क्र्याश हुने अवस्था भएमा सूचना दिने र सहायताका लागि इमरजेन्सी कल पनि गर्ने बताइएको छ।
दुर्घटना गम्भीर भएमा यसले इमरजेन्सी कलका साथै आफ्नो लोकेशन पनि पठाउनेछ। दुर्घटना सामान्य भएको भए इमरजेन्सी कल क्यान्सिल गर्न समय मिल्नेछ।
यो प्रविधि सबैभन्दा पहिले जर्मनीमा आउने बताइएको छ। सन् २०१७ तिर लन्च गरिने भनिएको यो प्रविधिलाई पछि यूरोपका अन्य देशमा फैलाइनेछ। सेतोपाटीबाट साभार |

0 comments
प्रतिक्रिया दिनुहोस्...