आन्तरिक सञ्जालमा मात्र लागू हुने सस्तो योजना शनिबारदेखि मे २५ सम्म बुक गरेको टिकटमा लागू हुने जनाइएको छ। यसरी बुक गरेको टिकटमा जुलाइदेखि सेप्टेम्बर ३० सम्म यात्रा गरिसक्नु पर्नेछ।
जुलाईदेखि सेप्टेम्बर र जनवरी—मार्चसम्मको समयलाई तुलनात्मक रुपमा राम्रो सिजन मानिन्छ। गत हप्ता स्पाइस जेट, इन्डिगो तथा एयर एशिया इन्डियाले यस्तै किसिमका स्किम ल्याएका थिए।
स्पाइस जेटले एक दर्फी भाडा ५११ देखि सुरु गरेको थियो, इन्डिगोले ८०० भारुदेखि अफर सुरु गरेको थियो।
एयर इन्डियाले ल्यायो सुपरसेल स्किम
नयाँ दिल्ली— भारतको आन्तरिक उडान क्षेत्रमा बजेट केरिअर कम्पनीहरुले राज गरिरहेको अवस्थामा एयर इन्डियाले सुपर सेल स्किम घोषणा गरेको छ। यो योजना अनुसार सरकारी कम्पनी एयर इन्डियाको टिकट सबै कर सहित १४९९ भारतीय रुपैयाँबाट सुरु हुनेछ।


0 comments
प्रतिक्रिया दिनुहोस्...