-->
ओलीले प्रचण्ड लाइ दिए यसरि धोका : ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ’ भन्ने उखान माओवादी अध्यक्ष प्रचण्डको

काठमाडौं–प्रचण्डले अलिक क्रोधमिश्रित लवजमा ‘सरकार आफूले पनि चलाउन सक्ने’ बताएपछि ओलीले कुटिल मुस्कानसहित भने, ‘हेर्नुस् कमरेड, नेपालमा राष्ट्रवादी हुन केही गर्नुपर्दैन, यसो भारतसँग निहुँ खोजेझैं गरे पुग्छ, भारतको विरोध गरे पुग्छ, यही काम गरेको हामीले राष्ट्रवादी शक्तिको पहिचान बनाएका छौं ।

अब यो पहिचान मेटिन दिनुहुँदैन । भारतसँग आवश्यक परे ठूलै लडाईं लडेजस्तो गर्नुपर्ने हुन्छ, तपाईं भारतसँग लड्न सक्नुहुन्न ।

एउटा कोर्स पूरा हुन दिनुस्, स्थानीयक निर्वाचन सम्पन्न गरौं, त्यसपछि कुनै उपाय निकालेर सत्ता हस्तान्तरण गरौंला, अहिले त वास्तवमा सत्ता हस्तान्तरण गर्ने संवैधानिक उपाय पनि मैले देखिरहेको छैन् ।

‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ’ भन्ने उखान माओवादी अध्यक्ष प्रचण्डको जीवनमा यतिबेला चरितार्थ भएको छ ।

नेपाली कांग्रेसजस्तो ऐतिहासिक प्रजातान्त्रिक पार्टीलाई वैशाखी बनाएर प्रधानमन्त्री बन्न आएको अवसर छोडी वामपन्थी गठबन्धन जोगाउने नाममा केपी ओलीलाई साथ दिने प्रचण्डलाई ओलीले सहजै सत्ता हस्तान्तरण नगर्ने भएका छन् ।

एमालेले वितरणमुखी बजेट बनाउने र त्यसले देशको अर्थतन्त्रमा दीर्घकालिक असरहरु पार्ने अनुमान कांग्रेसले पहिल्यै नै गरेको थियो । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.