काठमाडौं । सडकमा अराजकतासँगै दुर्घटनाको दर पनि बढेपछि सरकारले चालकलाई नियममा राख्न र सडक अनुशासन कायम गर्न जरिवाना रकम बढायो ।
यातायात व्यवस्था ऐन ०४९ संशोधन गर्दै जरिवाना रकम २० गुणासम्म पुर्याइयो । विगतमा नियम मिच्ने चालकलाइ न्यूनतम २५ रुपैयाँ जरिवाना कारबाही हुने गरेकोमा संशोधित व्यवस्था अनुसार त्यो रकम ५ सय रुपैयाँ बनाउने निर्णय सरकारले गर्यो । जेठ १ देखि लागू हुने कानूनमा चालकलाइ न्यूनतम ५ सयदेखि १५ सय रुपपैयाँसम्म जरिवाना वहुने उल्लेख छ ।
सिन्डकेटका बलमा सडक अनुशासन मिच्दै आएका व्यवसायी तथा मजदूर संगठनले सोशोधित कानुन खारेजी माग गर्दै सोमबारबाट १३ गतेसम्म पहिलो चरण आन्दोलन घोषणा गरेका छन् ।
यातायातसम्बद्ध व्यवसायी र मजदुरका आठ संगठनले नियम मिच्न पाउनुपर्ने आशयका माग अघिसार्दे यात्रुलाई मर्का पर्ने गरी देशव्यापी चक्काजामसम्मका कार्यक्रम तय गरेका हुन् । नागरिक दैनिकमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...