-->
सुनको मूल्य ७ सयले घट्यो

काठमाडौं, जेठ १२ । बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले ओरालो लागेर ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार २ सय रुपैयाँले ओरालो लागेर ५५ हजार ८ सय रुपैयाँमा आइपुगेको थियो ।

बुधबार चाँदीको मूल्य भने ७ सय ६० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय २१ डलर हाराहारीमा कारोबार भएको थियो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.