ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सल्यान, जेठ २२ – सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
शुक्रबार छायाँक्षेत्र–२ मा भएको दुर्घटनामा फलावाङ–७ घरभई अहिले त्रिवेणी गाविसको लुहाममा बस्दै आएका चालक २५ वर्षका गिरिराज रावतको ज्यान गएको भएको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ ।
छायाँक्षेत्रको साङकोट खोलाबाट घर बनाउने ढुंगा बोकेर हिँडेको ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...