-->
कोपा अमेरिका : इक्वेडरको गोलले मान्यता पाएन, ब्राजिल हारबाट जोगियो


जेठ २३ – अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । आइतबार बिहान क्यालिफोर्नियामा भएको खेलमा इक्वेडरले ब्राजिललाई गोलरहित बराबरीमा रोकिएको हो । समूह बी अन्तर्गतको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल बार्सिलोनाका स्ट्राइकर नेइमार बिनानै खेलेको थियो ।यो खेलमा इक्वेडर अभागी सावित भयो । इक्वेडरका एनर भ्यालेन्सियाले गोल गरेपनि कोपा अमेरिकाका अधिकारीले त्यसलाई गोलको मान्यता दिएनन् । ब्राजिलले गोल गर्ने केही राम्रा मौका गुमएको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अंक जोडेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.