-->
बहिनीको आत्माको शान्तिका लागि सबैको साथ पाएको छु : बिमल घर्ती मगर


नवलपरासी, असार २ – नेपाली फुटबल स्ट्राइकर बिमल घर्ती मगरले बहिनी मनिषाको आत्माको शान्तिका लागि सबै फुटबल समर्थकको साथ पाएको बताएका छन् । प्रहरीले पनि गम्भीर ढंगले घटनाको बारे अनुसन्धान गरेको आफूलाई महशुस भएको उनले बताएका छन् । नवलपरासी स्थित आफ्नै घरमा उज्यालोसँगको कुराकानिमा बिमलले मनिषाको आत्महत्या नभई हत्या नै भएको दाबी गर्दे न्यायको लागी आफूले सबैसँग अपिल गरेको बताए । 
‘म मात्रै हैन, घटना बुझ्ने सबैले हत्या भनेका छन्’ उनले भने । आफू देश विदेशमा गएर राष्ट्रको शिर उच्च पार्ने काममा लागेको तर आफ्नै बहिनीमाथि यस्तो हुँदा न्याय नपाए झनै दुःख लाग्ने उनले बताए । 
बहिनीको आत्माको शान्तीका लागि पनि दोषीलाई कानुन अनुसार सजाय हुनै पर्ने उनको माग छ ।  ‘दुःखद घटना भैसक्यो, मैले जे गरेपनि बहिनी फिर्ता पाउँदिन’ बिमल भन्छन्, ‘पीडितले न्याय पाउनुपर्यो ।’ 
मनिषाको गएको जेठ १२ गते बुधबार राति घरमै रहस्यमय ढंगमा ज्यान गएको थियो । उनको हत्याको आशंकामा मनिषाका प्रेमी भनिएका आशिष चौधरी अहिले पनि प्रहरी हिरासतमा रहेका छन् । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.