मोटरसाइकल दुर्घटनामा १ को मृत्यु
दाङ, जेठ ३० – ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दाङको तुलसीपुरमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर नगरपालीका–६का १९ वर्षे विदुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बा ३९ प ७२३१ नम्बरको मोटरसाइकललाई रा १ त १४१० नम्बरको ट्याक्टरले तुलसीपुरको हात्तिखौवामा ठक्कर दिँदा गम्भिर घाइते भएका चालक भण्डारीको कोहलपुर अस्पता लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...