-->
कतारमा हुने “धुर्मुस सुन्तली साँझ”मा मुना थापा मगर पनि

काठमाडौं । कतारमा आगामी इदको दोस्रो दिन हुने “सुन्तली धुर्मुस साँझ”मा लोकप्रिय गायिका मुना थापा मगर पनि सहभागी हुने भएकी छन् । कुञ्जना घिमिरे “सुन्तली” र सीताराम कट्टेल “धुर्मुस”ले थालेको “गिरानचौर एकीकृत नमुना वस्ती” निर्माणका लागि कतारमा उक्त साँझ हुन थालेको हो ।
“सुन्तली धुर्मुस साँझ”मा कुञ्जना घिमिरे “सुन्तली” र सीताराम कट्टेल “धुर्मुस”को सहभागिता त हुने छ नै साथमा लोकप्रिय गायिका मुना थापा मगरको पनि सहभागिता रहने छ । गायिका मुना थापा मगरले आफ्ना सामाजिक सञ्जालहरु र पर्सनल वेबसाइटमा समेत आफू पनि उक्त कार्यक्रममा सहभागी हुने र त्यहाँ सबै आम नेपाली दाजुभाइहरुलाई आमन्त्रण गरेकी छन् ।
“यही इदको दोस्रो दिन दोहा कतारमा हुने सुन्तली धुर्मुस साँझमा म पनि आउँदैछु”, मुनाले भनेकी छन्, “सँगै गाउँला, सँगै नाचौंला, सँगै रमाउँला ।” उक्त कार्यक्रममा गायक राजु गुरुङ, भोजपुरी नायिका परिनिका शर्मा, डीआइडी फष्ट रनरअप निर्मल तामाङ, भोजपुरी नायिकाद्वय सीमा सिंह र रानी चटर्जीको पनि सहभागिता रहने छ ।
उक्त कार्यक्रमलाई सास क्रिएसन प्रालिले आयोजना गरेको हो । प्रालिका कल्याण घिमिरेले दैवी विपत्तिमा परी घरवारविहीन भएका नेपालीजनको वस्ती पुनर्निर्माण कार्यमा आर्थिक सहयोग गरी सेवा दिनु नागरिकको दायित्व भएको भन्दै कतारमा रहेका संघसंस्था, व्यवसायी, समाजसेवी तथा सबै दानवीरहरुलाई यस महान अभियानमा सहभागी हुन आग्रह गरेका छन्
सो कार्यक्रमको टिकट दर कतारी रियाल ४०, ६० र १०० रहेको र एसियन टाउनस्थित ग्राण्ड मलको सिनेमा हलमा पनि उपलब्ध हुने घिमिरेले बताए । साँझ ६ बजेबाट उक्त कार्यक्रम सुरु हुने बताइएको छ । सो कार्यक्रमबारे थप जानकारी र टिकटका लागि ३३२१२१०८, ३००४४१५७ र ३३२८२०२५ मा सम्पर्क गर्न सकिने पनि आयोजक पक्षले जनाएको छ ।
कतारमा रहने नेपाली दाजुभाइ, दिदीबहिनीलाई मुनाको यस्तो सन्देश


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.