-->
कोरियामा औद्योगिक दुर्घटनामा एक नेपालीको मृत्यु

१९ जेठ : इपिएस मार्फत करिब २२/२३ महिना अगाडी कोरिया आएका पाल्पाका याम बहादुर थापा मगरको आज (बुधबार) बिहान औधोगिक दुर्घटनामा परि मृत्यु भएको छ ।

थेगुमा रहेको  थेजाङ् जेझी नामक पेपर  मिल कम्पनिमा कार्यरत थापा बिहान ११ बजे तिर क्यामिकलको ट्यांकी सफा गर्ने क्रममा दुर्घटना परि मृत्यु भएको संगै कार्यरत नेपालीले जानकारी गराएका छन् । ट्यांकी सफा गर्ने क्रममा अन्य ४ जना समेत बेहोस भएका थिए । दुर्घटना लगत्तै चार जनालाई नै संगै अस्पताल पुर्याइएको भएता पनि अस्पतालले थापालाई मृत घोषणा गरेको बताइएको छ।

उक्त कम्पनीमा अन्य ३ जना नेपाली कार्यरत छन्। घटना बारे प्रहरीले जानकारी गराएको भएपनि पुर्ण विवरण प्राप्त नभएकाले परिवारलाई भने भोलि मात्रै जानकारी गराईने सउलस्थित नेपाली दुतावास श्रोतले जानकारी गराएको छ । थापा मगरको  घरमा श्रीमती र एक सन्तान रहेको जनाइएको छ। उनका दाजु पनि कोरियाको बुसानमा कार्यरत छन् । हेल्लो नेपाल कोरीयामा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.