-->
एउटै व्यक्तिको नामबाट दुईभन्दा बढी सिम कार्ड निकाल्न नपाइने

‘सुरु सुरुमा अनलाइन दर्ता प्रणाली नभएका कारण कुनै पनि व्यक्तिले जुन सुकै ठाउँबाट पनि सिम कार्ड खरिद गर्न सक्थ्यो,’ टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘अनलाइन दर्ता प्रणाली लागू भएदेखि त्यस्तो प्रकारको समस्यामा कमी आएको छ।’ कुनै व्यक्तिले दुईभन्दा बढी सिम कार्ड लिन खोजेमा उसको नागरिकता वा लाइसेन्सको परिचयपत्रबाट कतिवटा सिम निकालिएका छन् भन्ने जानकारी टेलिकमका कर्मचारीलाई हुन्छ।
 
एक व्यक्तिको नामबाट दुईभन्दा बढी सिम कार्ड लिन नपाइने भएको छ। टेलिकमले अनलाइन सिस्टमको प्रयोग गर्नुभन्दा अगाडि एउटै व्यक्तिको नामबाट धेरै सिम कार्ड खरिद हुने गरेको थियो। तर अब त्यसरी एउटै व्यक्तिको नामबाट धेरै सिम कार्ड निकाल्न नमिल्ने गरी सिस्टम मिलाइएको टेलिकमले जनाएको छ।
 
‘सुरु सुरुमा अनलाइन दर्ता प्रणाली नभएका कारण कुनै पनि व्यक्तिले जुन सुकै ठाउँबाट पनि सिम कार्ड खरिद गर्न सक्थ्यो,’ टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘अनलाइन दर्ता प्रणाली लागू भएदेखि त्यस्तो प्रकारको समस्यामा कमी आएको छ।’ 
 
कुनै व्यक्तिले दुईभन्दा बढी सिम कार्ड लिन खोजेमा उसको नागरिकता वा लाइसेन्सको परिचयपत्रबाट कतिवटा सिम निकालिएका छन् भन्ने जानकारी टेलिकमका कर्मचारीलाई हुन्छ।
एउटै व्यक्तिको नामबाट धेरै सिम निकालिएमा सिमको दुरुपयोग हुनसक्ने उनले बताए। 
 
‘हामीले एक व्यक्तिको नामबाट एक सिम मात्र उपलब्ध गराउने भनेका थियौँ,’ सह प्रवक्ता अधिकारीले भने, ‘पारिवारिक प्रयोजनका लागि पनि सिम चाहिन सक्छ र सिम प्रयोग गर्न चाहने व्यक्तिसँग परिचयपत्र नभएको खण्डमा सेवा लिनबाट बञ्चित हुनसक्ने भएका कारण दुईवटा सिम खरिद गर्न पाउने नियम लागू गरेका हौँ।’
 
यो नियमले गर्दा अनावश्यक सिम खरिद घटेको र अपराधिक क्रियाकलापमा हुने मोबाइल फोनको प्रयोगमा पनि कमी आउने उनी बताउँछन्। खरिद गरी सकेपछि प्रयोग नगर्दा सिमकार्ड सधै सक्रिय हुन्छ भन्ने छैन। प्रिपेडको हकमा सिमकार्डको म्याद (भ्यालिडिटी) सकिएमा वा कुनै प्रकारको कल र रिचार्ज नगरिएको ६ महिना भएपछि उक्त नम्बर ‘फ्रोजन फेज’मा जान्छ।
 
त्यस्तै पोस्टपेडको हकमा भने म्याद ३ महिनासम्म रहेको छ। यसरी फ्रोजन फेजमा गएका सिम दुईदेखि तीन वर्ष भित्रमा नयाँ ग्राहकले खरिद गर्न सक्नेछन्। नम्वर संचालनमा आउनु पूर्व यदि प्रयोगकर्ताले म्याद नाघेर बन्द भएको सिम प्रयोग गर्न चाहेमा जसको नामबाट सिम निकालिएको हो उसैले आफ्नो परिचयपत्र बोकेर टेलिकम कार्यालयमा जानु पर्ने हुन्छ। 
 
९० रुपैयाँ शुल्क तिरेपछि उक्त नम्बर पुनः प्रयोग गर्न सकिनेछ। सिममा ५० रुपैयाँ ब्यालेन्स प्राप्त गर्न सकिन्छ। यसरी निकालिएका सिम एक्टिभेट हुन न्युनतम ३० मिनेट लाग्छ।
 
‘हामीसँग नयाँ नम्बर उपलब्ध नभएमा फ्रोजन फेजमा गएका सिमको नम्बर प्रयोग गछौँ,’ सह प्रवक्ता अधिकारीले भने, ‘नम्बर प्रशस्त भएको स्थितिमा भने फ्रोजन फेजका सिममा कुनै प्रकारको असर पर्दैन।’ टेलिकमसँग नयाँ नम्बर भएका कारण हाल फ्रोजन फेजको नम्बर प्रयोग नगरेको उनले स्पष्ट पारे। 
 
टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको २०७२ माघ महिनाको विवरण अनुसार कम्पनीका हाल १ करोड ४० लाख ६२ हजार १ सय ३५ प्रयोगकर्ता छन्। जसमध्ये ल्याण्डलाइन (पिएटीएन) का ६ लाख ६८ हजार ३ सय ९० प्रयोगकर्ता छन् भने सिडिएमए फिक्स्ड (डब्लुएलएल) का १ लाख २२ हजार २ सय ४७, जीएसएम (मोबाइल) का १ करोड १९ लाख २३ हजार ९८ र सिडिएमए (मोबाइल) का १३ लाख ४८ हजार ४ सय प्रयोगकर्ता छन्।
 
कम्पनीले बुझाएको पुस महिनाको विवरणमा टेलिकमका कुल १ करोड ३८ लाख ७० हजार ३२ प्रयोगकर्ता रहेका थिए।  टेलिकमले सञ्चार क्षेत्रको कुल ४८ प्रतिशत बजार हिस्सा ओगटेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.