-->
यस्तो छ साना कारभन्दा पावरफुल यामाहाको नयाँ बाइक 'एफजेड-१०'

जापानी कम्पनी यामाहाले आफ्नो लोकप्रिय बाइक एफजेडको २०१७ मोडल ल्याएको छ। एफजेड १० सुपरबाइक दुई रङमा उपलब्ध छ। अमेरिकामा यसको मूल्य १२ हजार ९ सय ९९ डलर तोकिएको छ। 
 
यसको फ्रेम डेल्टाबक्स आलुमिनियमले बनेका कारण यो सुपरबाइक हलुका हुनुका साथै बलियो पनि भएको बताइएको छ। 
 
यो न्याकेड सुपरबाइक एफजेड १० मा ९९८ सिसिको इनलाइन, ४ सिलीण्डर, क्रसप्लेन क्र्यांकसफ्ट इन्जिन छ।
 
यसको इन्धन ट्ंयाकी १७ लीटर क्षमताको छ भने यसले १३ किमी प्रतिलिटर माइलेज दिने बताइएको छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.