-->
बन्दकर्ताद्वारा चालकसहितको ट्याक्सीमा आगजनी

काठमाडौं, जेठ २७ – बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ ।

कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसँग बार्गेनिङ गरेको  र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले एक लिटर पेट्रोल ल्याएकोमा ८ सय एमएल ट्याक्सीमा खन्याएका थिए ।

आगो लाग्न थालेपछि चालकले भागेको उहाँले बताउनुभयो । आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ । चालक मकवानपुरका २४ वर्षका सुवास परियार सुरक्षित रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको बन्दका कारण भाडाका गाडी कम चलेका छन् । तर निजी गाडी भने नियमित रुपमानै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.