स्पेनको शानदार जित
जेठ २० – स्पेनले युरोकप फुटबल अघिको मैत्रीपूर्ण खेलमा शानदार जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनले दक्षिण कोरियलाई ६–१ ले हरायो ।
स्पेनको अस्ट्रियामा भएको खेलमा स्पेनलाई नोलिटो र अल्वारो मोराटाले दुई दुई गोल गरे । यस्तै डेविड सिल्भा र सेस फाब्रिगासले एक एक गोल गरे । दक्षिण कोरियाका लागि सि–जोङ जुले एक गोल फर्काए । ३० औं मिनेटमा सिल्भाले स्पेनलाई सुरुवाति अग्रता दिलाए ।
त्यसको दुई मिनेटपछि फाब्रिगासले अग्रता दोब्बर पारे । नोलिटोले ३८ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफमा स्पेनको अग्रता ३–० मा पुग्यो ।
५० औं मिनेटमा मोराटाले व्यक्तिगत पहिलो तथा नोलिटोले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनको अग्रता ५–० मा पुग्यो । ८३ औं मिनेटमा जुले कोरियाका लागि एक गोल फर्काए पनि ८९ औं मिनेटमा स्पेनका मोराटाले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेन ६–१ ले विजयी भयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...