जेठ ३१ – युरो कप २०१६ मा समूह डी अन्तरगत स्पेन र चेक रिपब्लिकबिच खेल हुँदै छ । दशौं पटक युरोकप खेल्न लागेको स्पेनले यसअघि नै तीन पटक उपाधि जितिसकेको छ । सन् २००८ र २०१२ मा लगातार दुईपटक च्याम्पियनसिप उपाधि जित्ने कीर्तिमान स्पेनको नाममा छ ।
सन् १९९३ मा चेक गणतन्त्र र स्लोभाकियाका नाममा टुक्रिनुअघि चेकोस्लोभाकियाले सन् १९७६ को युरोकप जितेको थियो । चेक गणतन्त्र बनेपछि चेक गणतन्त्रको यो छैटौं सहभागिता हो । यसअघि भएका यि दुई देशका ९ खेलमा स्पेन ५ मा विजयी भएको थियो । ३ खेल चेक गणतन्त्रले जितेको थियो भने १ खेल बराबरीमा रोकिएको थियो ।
चेक रिपब्लिकका कोच पावेल भर्बाले स्पेन राम्रो टिम भएपनि क्रोएसिया र टर्कीसँगको खेल्न बाँकी नै रहेकाले आफूहरु आत्तिनु नपर्ने बताएका छन् ।
यस्तै स्पेनका कोच भिसेन्ट डेल बस्क्युले पनि सोमबारको खेल महत्वपूर्ण हुनुका साथै आफ्ना धेरै जिम्मेबारीहरु रहेको बताएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...