भारतमा १० चिनियाँलाई देश निकालाको आदेश
ओडिसा । भारतको ओडिसा सरकारले १० चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिएको छ ।
भारतको निकै संवेदनशील मानिएको संवेदनशील ‘व्हीलर आइल्याण्ड’ अर्थात् एपीजे अब्दुल कलाम टापूको नजिकै रहेको कम्पनिमा कार्यरत रहेकाले उनीहरुलाई देश छाड्न आदेश दइएको ओडिसा सरकारले बताएको छ । भद्रकभन्दा १५ किलोमिटर टाढा रहेको यस टापुबाट आकाश, अग्नि, धनुष र पृथ्वी जस्ता मिसाइलको प्रक्षेपण गरिन्छ ।
ब्यवसायीक भिसामा भारत प्रवेश गरेका उनीहरु कामदारको रुपमा काम गरिरहेको कारण पनि उनीहरुलाई देश निकालाको आदेश दिइएको ओडिसाका गृह सचिव असित त्रिपाठीले बिबिसिलाई बताएका छन् ।
ओडिसा प्रशासनका अनुसार चिनियाँ कामदारहरुले काम गरिरहेको कम्पनि थाइल्याण्डको भएको र उक्त कम्पनि भारतमा अडानी गु्रपका लागि काम गरिरहेको जनाइएको छ । चिनियाँ नागरिकहरुलाई भारत छाड्न १७ जून सम्मको समय दिइएको छ ।
ओडिसा गृह प्रशासनले केन्द्र सरकारको निर्देशन अनुसार उक्त आदेश दिइएको बताएका छन् ।
भारत सरकारका अनुसार अडानी गु्रपको धर्ना पोर्ट कम्पनिको विस्तारीकरण परियोजनामा १९ जना चिनियाँ नागरिकहरु काम गरिरहेका छन् । भारत छाड्न आदेश दिइएकामध्ये दुई चिनियाँ नागरिकहरु सम्पर्क विहिन रहेको र खोजीकार्य जारी रहेको ओडिसा सरकारले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...