संक्रमित फोक्सोलाई स्वस्थ बनाउन ब्रोकाउली खानुहोस्
यो साधारण विरुवाले संक्रमित तथा बिग्रेको फोक्सोलाई सजिलै स्वस्थ तथा तन्दुरुस्त बनाउन सक्छ ।
मानव शरीर तन्द्रुस्त रहनका लागि उसको फोक्सोको चाल नियमित तथा स्वस्थ रहन अति आवश्यक छ । तर, जसले आफ्नो फोक्सो खराव पारिसक्नु भएको छ उनीहरुका निम्ति शास फेर्ने काम अति गाह्रो हुनसक्छ । प्रत्यक पटक जब तपाई श्वास भित्र लिनुहुन्छ तपाईले पीडा अनुभव गर्नु पर्ने हुन्छ ।
हामीलाई जिवित तथा स्वस्थ राखी राख्न फोक्सोले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हावा हामीलाई श्वास फेर्नका लागि मात्र चाहिने होइन । रगतमा अक्सिजनलाई छानेर पठाउन हामीलाई फोक्सोको आवश्यक पर्छ । तसर्थ हाम्रो निम्ति फोक्सो अति आवश्यक छ । तर हामीलाई थाहा छ त फोक्सालाई स्वस्थ कसरि राख्न सकिन्छ ?
यदि तपाईमा चुरोट तान्ने बानी छ वा तपाई अति प्रदुशित ठाउँमा बसोबास गर्नुहुन्छ भने यस्तो अवस्थामा तपाईले आफ्नो फोक्सो बिगारिसकेको हुनुपर्छ । कतिपय अवस्थामा फोक्सो नराम्रो तरिकाले खराव भएको हुन्छ । तर कतिपय अवस्थामा भने फोक्सोको संक्रमण तथा विषादीलाई सफा पार्न पनि सकिन्छ र कतिपय बिग्रेको फोक्सोलाई मरमत समेत गर्न सकिन्छ ।
फोक्सोको संक्रमणबाट बच्न तथा बिग्रिएको फोक्सोलाई स्वस्थ बनाउनका लागि ब्रोकाउली लगायत हरियो सागसब्जी खाने बानी बसाल्नुहोस् ।
स्वस्थ रहनका लागि हरियो सागसब्जी नियमित खाने गर्नुपर्छ भन्ने भनाई हामीले धेरै जनाको मुखबाट सुन्ने गरेकै हुनु पर्छ । यो त्यसै भन्ने गरिएको होइन । यसमा अवस्य पनि कारण तथा सत्यता लुकेको छ । हरियो सागसब्जीमा धेरै प्रकारका पोषण तत्वहरु लुकेको हुन्छ जसले हाम्रो शरीर स्वस्थ राख्न ठूलो भूमिका खेलेको हुन्छ । सागसब्जिहरु मध्य विषेश गरि एउटा सब्जीले फोक्सोलाई सफा राख्न र बिग्रेको फोक्सोलाई समेत स्वस्थ पार्न ठूलो भूमिका खेल्छ । र यो विषेश प्रकारको सब्जी ब्रोकाउली हो ।
ब्रोकाउलीले शरीरको इम्युन सिस्टमलाई मात्र सहयोग पुर्याउने होइन यसले फोक्सोमा भएका हानिकारक किटाणुलाई पनि बाहिर निकाल्ने काम गर्छ । ब्रोकाउलीमा विभिन्न प्रकारका आवश्यक तत्वहरु उपलब्ध हुन्छ जसले फोक्सो संबद्ध बिभिन्न रोगहरुबाट छुटकारा दिलाउन मद्धत पुर्याउछ ।
स्वस्थ फोक्सोमा सेतो रक्त कोशिका तथा माक्रोफेज सक्रिय भएको हुन्छ जसले फोक्सोबाट किटाणु बाहिर फाल्ने काम, फोक्सोमा हुन सक्ने फोहर बाहिर फाल्ने काम तथा फोक्सोमा संक्रमण हुन दिदैन ।
माक्रोफेज तथा सेतो रक्त कोशिकालाई फोक्सोमा भएको एन आर एफ २ नाम भएको केमिकलले सक्रिय बनाउने कार्य गर्छ । यो केमिकल तथा केमिकल संचारहुने बाटो खराब भएको खण्डमा यसलाई राम्रो तथा पुननिर्माण गर्नका लागि ब्रोकाउली तथा काउलीमा उपलब्ध सल्फोराफेन भन्ने केमिकलले ठूलो मद्धत पुर्याउछ ।
ब्रोकाउली उत्पादन :
दैनिक रुपमा ब्रोकाउली खाने गर्नाले फोक्सोको आयु बढ्नुका साथै शरीर स्वस्थ तथा फुर्तिलो हुन्छ । ब्रोकाउली तपाईले आफ्नै बारीघारीमा समेत उत्पादन गर्न सक्नु हुन्छ । ब्रोकाउली कुनै पनि मौसममा उत्पादन गर्न सकिन्छ र यसको बोट एक पटक लगाइसकेपछि पुग्छ । फुल काट्नुहोस र बोटलाई त्यसै छाडीदिनुहोस् । यसबाट केही समय पछि पुन ब्रोकाउली पलाउछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...