-->
६० युवालाई तरकारी खेतीका लागि २४ लाख रुपैयाँ अनुदान

तेह्रथुम, जेठ २८ । जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले तरकारी खेतीलाई व्यावसायिक बनाउन ६० जना युवालाई २४ लाख रुपैयाँ अनुदान दिएको छ ।

युवा लक्षित तरकारी खेती कार्यक्रमअन्तर्गत व्यवसायिक योजनाका आधारमा युवा छनोट गरी २४ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा मात्रै ६० जना युवा कृषकले न्यूनतम ८० हजारदेखि १ लाख रुपैयाँसम्मको व्यावसायिक योजना नै बनाई व्यावसायिक तरकारी खेती थालेका छन् । उनीहरुलाई लगानीको बढीमा ५० प्रतिशतसम्म ४० हजार रुपैयाँ नबढाई अनुदान दिइएको वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादवले जानकारी दिए ।

अनुदानको रकमबाट कृषकले तरकारी खेतीका लागि प्लास्टिक टनेल, बीउ, मल, विषादी र सिंचाईका लागि पाइप तथा कामदारमा खर्च गरेका छन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.