झापाः शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र दमक आसपासका ठूला चारवटा योजनाको शिलान्यास गरेका छन् ।
पहिला ओलीले दमक नगरपालिकाको ढुकुरपानीमा एक अर्ब २४ करोडको लागतमा बन्न लागेको भ्यु टावरको शिलान्यास गरे । त्यसपछि उनले मोरङको मधुमल्ला र दमक जोडने मावा खोलामा ३० करोड २२ लाख रुपैयाँको लागतमा बन्ने भनिएको पुलको शिलान्यास गरे ।
ओलीले शिलान्यास गरेको भ्यु टावरको योजना पाँच बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य निर्माण समितिको छ । मावा खोलामा बन्ने भनिएको पुल २ सय ५० मिटर लम्बाई र ११ मिटर चौडाईको रहने छ ।
यस्तै, झापाको दमकदेखि इलामको चुलाचुली जोड्ने २ सय मिटर लम्बाई र ११ मिटर चौडाई भएको अर्को पुल पनि ओलीले शिलान्यास गरे । १५ करोड ६८ लाखको लागतमा निर्माण हुने यो पुल ठेकेदार संस्थाले तीन बर्ष भित्रमा सम्पन्न गरेर हस्तान्तरण गर्नेछ । ओलीले ३० करोडको लागतमा दमकमै अन्तरराष्ट्रिय सभा गृह निर्माण गर्ने योजनाको पनि शुक्रबार नै शिलान्यास गरे । दमकमा सभा गृह दुईबर्षमा निर्माण गर्ने बताइएको छ । –
झापा पुगेर ओलिले एकै दिन गरे शिलान्यास दुई अर्बको ४ आयोजना
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...