’हिमालकी रानी’मा हिमाली भेगको बास्तविक कथा
डिसीनेपाल डटकम – हिमाली भेगको बास्तविक कथालाई समेटेर अगाडि बढेको छ, चलचित्र ‘हिमालकी रानी’ । निर्देशक रोशन फ्युबा तामाङद्वारा निर्देशित यस चलचित्रको ९० प्रतिशत भाग छायांकन सकिएको छ । गणेश हिमालको आसपास धादिङको तिप्लिङ र रसुवाको गत्लाङमा अधिकांश दृश्यांकन गरिएको हो । दुर्गम गाउँ त्यसमाथि हिमालको कुहिरो भित्र लेकबेंशी गर्दै जीवन बिताएकी चेलीको कथा समेटिएको छ । त्यही चेली अन्ततः चौरी गोठालो हुदै चिज उद्ममी बनेको पाठ कथाले दिएको छ ।
स्थानीय कलाकारहरु क्रमश: प्रदिप फ्युबा, शान्ता लामा, प्रकाश वाईबा, लक्ष्मी घिसिङ, मर्नेन वाईबा, कान्छा लामा, गोम्बो तामाङ, गा घले जयबिर तामाङ, महेन्द्र तामाङ लगायतले अभिनय गरेका छन् । निर्देशक तामाङको कथा/पटकथा /सम्बाद/गीत रचना/संगीत रहेको यस चलचित्रमा प्रकाश वाईबाले छायांकन गरेकोे छ भने सिङ्ग तामाङकोे नृत्य र महेन्द्र तामाङको द्धन्द्ध रहेको छ ।
ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रा.लि. को प्रस्तुतीमा निर्मित यस चलचित्रको बाँकी दृश्य काठमाण्डौमा छायांकन गरिने भएको छ । जसमा अभिनेता क्याप्टेन बिजय लामाको अभिनय रहने कुरा सञ्चार संयोजक अर्जुन बहादुर तामाङले जानकारी गराए । ल्हाप्साङकार्पो समूहको निर्माण रहेको यस चलचित्र निर्देशक तामाङको तेस्रो चलचित्र हो ।




0 comments
प्रतिक्रिया दिनुहोस्...