फ्रान्स विजेता बन्ने भविष्यवाणी
पेरिस: इन्भेस्टमेन्ट बैंक गोल्डम्यान सेजले विश्व फुटबलका क्षेत्रमा सक्रिय विशेष अनुसन्धानकर्मीलाई संलग्न गराएर बनाएको टोलीले आगामी युरोकप फुटबलको उपाधि फ्रान्सले जित्ने भविष्यवाणी गरेको छ।
आगामी युरोकपको फाइनलमा फ्रान्स र स्पेन पुग्ने तथा उपाधि घरेलु टोलीले जित्ने दाबी उनीहरूको छ। अघिल्लो र वर्तमान प्रदर्शन तथा लयलाई आधार बनाई युरोकपमा सहभागी २४ टोलीमध्येबाट उपाधि जित्ने टोलीको भविष्यवाणी गरिएको हो।
अनुसन्धानकर्मीहरूको टोलीमा फुटबलका जानकार जान हाटजियस, जारी स्टेन र डोनी मिलर सहभागी थिए। अनुसन्धानमा फ्रान्सले उपाधि जित्ने सम्भावना २३.१ प्रतिशत देखाइएको छ। यसैगरी जर्मनीले विश्वकप जित्ने सम्भावना १९.९ प्रतिशत देखाइएको छ। फ्रान्सले पहिलो खेलमा रोमानियालाई ३-१ गोलले हराउने उनीहरूको भविष्यवाणी छ।
भविष्यवाणी अनुसार फ्रान्सले समूहगत चरणमा सबै खेल जित्नेछ। यसैगरी साबिक उपविजेता तथा पूर्वविश्वच्याम्पियन इटाली अन्तिम १६ बाट बाहिरिने दाबी गरिएको छ। भविष्यवाणी मान्ने हो भने, समूहगत चरणमा इटालीलै सबै खेल बराबरी खेल्ने र नकआउट चरणमा पोर्चुगलसँग पराजित हुनेछ।
इङ्ल्यान्ड सेमिफाइनल पुग्ने अनुमान छ। तर भविष्यवाणी अनुसार सेमिफाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराउनेछ। प्रतियोगितामा वेल्स र उत्तरी आयरल्यान्डजस्ता टोलीको जित्ने सम्भावना ०.१ प्रतिशतमात्र देखाइएको छ। -एजेन्सी


0 comments
प्रतिक्रिया दिनुहोस्...