-->
त्रिशुली गल्छी जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता सम्पन्न

काठमाडौं – ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको बिहिबार नेपाल विद्युत प्राधिकरण र सिद्धकाली पावर लिमिटेड बीच विद्युत खरीद विक्री सम्झौता सम्पन्न भएको छ । उक्त आयोजनालाई सिद्वकाली पावर लिमिटेडले पहिचान गरी विकास गरेको हो ।



सिद्धकाली पावर कम्पनीमा आयोजना निर्माण सम्पन्न गर्ने बारेमा दुबै कम्पनीका संचालकहरुको छलफल भई ८०% शेयर अपि पावर कम्पनी लिमिटेडले लगानी गर्ने निर्णय भएको छ । ७५ मेगावाट क्षमताको यस परियोजनाको कुल लागत रु.१४४०.६ करोड हुने र यसमा शेयरधनीहरुको लगानी रु.४३२ करोड हुने अनुमान छ ।

यस आयोजनाका निर्माणको लागी लक्ष्मी बैंक लिमिटेडको अगुवाईमा सह वित्तियकरण अन्र्तगत कर्जा प्रवाह गर्न सहमति प्राप्त भएको छ । परियोजनाको विस्तृत डिजाईनको काम डिजाईन ग्रुप प्रोजेक्ट कन्सल्ट्यान्टस, बैंगलोरद्वारा भएको छ ।

यस आयोजनाको निर्माण पश्च्यात काठमाण्डौ उपत्यकाको लोडसेडिड. हट्ने तथा औद्योगिक विकाश हुने अनुमान गरिएको छ । धादीङ्ग र नुवाकोट जिल्ला भएर बहने यस आयोजना काठमाडौंबाट जम्मा ५६ कि.मी दुरीमा रेहेको छ । यस आयोजनाबाट वार्षिक ४२९.७८१ जीडब्जुएच उर्जा उत्पादन हुनेछ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.