काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले बिना स्वार्थ देशका लागि काम गरेको धारणा राखेका छन् । ओलीले भने‘मलाई एक पैसा पनि भ्रष्टाचार गर्नु छैन । मर्दा मर्दै बाचेको छु देशको लागि केही गर्छु । जबसम्म जनताको प्रधानमन्त्रीको रुपमा काम गर्छु तबसम्म जनताका लागि काम गर्छु । आउँदो चुनावमा दुनियाँ छक्क पार्ने गरी एमालेको पक्षमा चुनावी परिणाम आउँछ ।’
सरकार नयाँ ढङ्गले तीव्रताका साथ काम गर्ने तयारीमा लागिरहेको भए पनि १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही जटिलता भएको भन्दै उनले भने ‘सरकारले नयाँ ढङ्गले काम गरिरहेको छ भन्नेबारे बुझ्न गाह्रो छ, अरु त के आफ्नै पार्टीले बुझ्दैन ।’
देउवाको दनक ओलीको अडान, प्रचण्डलाई तनाव
प्रधानमन्त्री ओलीले नेपालका कर्मचारीहरुको ढिला हिँड्ने बानी भएको भन्दै अल्छी लाग्यो भोलि काम गर्ने भन्दै सार्ने, जनताका फाइल घुमाइरहने जस्तो काम नगरी जनताको सेवामा लागिरहन आग्रह गर्नुभयो । कार्यक्रममा ताली खाइरहेका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार ढली हाल्छ भनि भईरहेको चर्चाप्रति टिप्पणी गर्दै घाम जुन रहुन्जेलसम्म सरकार रहन्छ भनेर कस्ले भनेको छ भनि प्रश्न गरे ।
शान्ता चौधरीको प्रश्न- राष्ट्रिय सरकारका लागि प्रचण्ड कुन आधारमा ओली भन्दा योग्य ?
सार्वजनिक सस्था कर्मचारी संगठन नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले बजेट पारित भएपछि आफू नेतृत्वको सरकार परिवर्तन गर्ने सम्झौत भएको भनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुले अभिब्यक्ति दिईरहेको बताए । उनले गर्दै भने‘ ‘साथीहरु बजेट पारित भएपछि सरकार परिवर्तनकोलागि तीन बुँदे सम्झौता भएको छ भन्नु हुन्छ । मैले सम्झौता भए ल्याउनुस भनेको छु तर अहिलेसम्म ल्याउन सक्नु भएको छैन ।’
आई एम विथ केपी ओली ! तर, धुर्मुसबाट सिक्नोस् !
उनले पानी जहाज कुदाउने आफ्नो योजनालाई पुष्टि गर्दै भने,‘मान्छेहरु कराउँदै जान्छन, उफ्रदै जान्छन, हामी जहाजमा चढाउँदै जान्छौ । भारत र चीनसँग सम्झौता गरेका छौ । नेपालको झण्डा फहर्याएर जहाज चलाउँछौ । तपाईले हेर्दा हेर्दै धेरै समय नलगाई पानी जहान चल्छ । कसैलाई छटपटि हुँदै जान्छ । मैले हनुमानले जस्तो एक्ले लंका जलाउछु भनेको छैन । देशका कर्मठ यूवाहरुलाई चलाएर देश बनाउछु भनेको मात्र हुँ । ’


0 comments
प्रतिक्रिया दिनुहोस्...