-->
लोकमानसिंह कार्कीको निवेदन सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले ‘कामु प्रधानन्यायाधीश सुशीला कार्की नातेदार भएकाले आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने’ जिकिर गर्दै दर्ता गरेको निवेदन खारेज गरिदिएको छ। 
 
कार्कीले कामु प्रधानन्यायाधीशसँग आफ्नो सातपुस्ते नाता पर्ने भन्दै आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए।  
 
लोकमानले अदालतको अवहेलना गरेको भन्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितकी पत्नी शान्ताले सर्वोच्च अदालतमा दर्ता गरेको रिट आइतबार प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको थियो। 
 
इजलासमा मुद्दाको पालो आएपछि अधिवक्ता करुणकर मल्लिकले ’सात पुस्ताभित्रको नातासम्बन्धी पर्ने भएकाले प्रधानन्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने’ जिकिर गर्दै लोकमानको निवेदन पेस गरेका थिए। निवेदनसँगै कार्कीको पुस्तावलीसमेत उनले पेस गरेका थिए।
तर अख्तियार प्रमुख कार्कीको आफूसँग कुनै नाता नपर्ने भन्दै कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासले निवेदन खारेज गरिदिएको हो। 
 
यसअघि कनकमणि दीक्षितले दायर गरेको रिटमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले दिएको आदेश अवज्ञा गरेको भन्दै दीक्षितपत्नी शान्ताले लोकमानविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेकी थिइन्। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.