-->
दश हजार तिरेर सात दिनमा पाइने राहदानी अब तीन दिनमै

३ असार, काठमाडौं। राहदानी विभागले दश हजार रूपैयाँ तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ । घन्टौँ लाममा बसेर एकहप्तामा राहदानी लिने व्यवस्था भए पनि आगामी असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए ।

MRP

उनले भने, “अहिलेसम्म दश हजार तिरेर एक हप्तामा पाउने राहदानी अब सोही शुल्कमा तीन दिनमा पाउने व्यवस्था मिलाएका छौँ ।” हिजो बसेको मन्त्रीपरिषद्को बैठकले कति समयमा राहदानी लिनेलाई कति शुल्क लाग्ने भन्ने बारेमा निर्णय गरेको थियो ।

सो बैठकले आकस्मिक रुपमा लिन परेको खण्डमा १५ हजार, दुई दिनमा लिनुपरेमा १२ हजार र तीन दिनमा लिएमा १० हजार रूपैयाँ लाग्ने निर्णय गरेको थियो । दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको छ ।

महानिर्देशक थापाले राहदानी नभएका कारण टिकट रद्द गर्नुपर्ने अवस्था आउन नदिन यो प्रक्रियाले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने – “राहदानी नभएर ५० हजारको टिकट स्थगन गर्नुपर्ने र रुँदै हिड्नुपर्ने अवस्थामा थप पाँचहजारमा उसको अधिकार स्थापित हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.