-->
एनसेलको टावर जलाउने दुई माओवादी नेता पक्राउ

म्याग्दी: दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानबिन गर्न प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीका दुई जना नेतालाई पक्राउ गरिएको छ। 
 
बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान पक्राउ गरिएको हो। 
 
पसलमा काम गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका अर्का नेता गोपाल शर्माले बताए। उनलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छोडेको थियो। 
 
एनसेलको टावरमा आगजनी भएको घटनाको छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए। बेनी नगरपालिका-४ बन्चरेडिलस्थित एनसेलको टावरमा शनिबार साँझ आगजनी गरिएको थियो। आगजनीबाट जेनेरेटर क्षतिग्रस्त भएको थियो। रासस 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.