-->
मनछुने कथा

मनछुने कथा 
    एउटा सानो गाउमा दुईजना प्रेमी,प्रेमिका-थिए । प्रेमीको नाम थियो रिदम र
प्रेमिका को नाम थियो रितु अप्सोच रुतुको आँखाको रोसनि थिएन । यि दुई प्रेमी,
प्रेमिका एक आपसमा धेरै माया गर्थे ।
यति सम्म कि एक पल पनि छुटिएर
टाढा बस्न सक्दैन्थे रिदम आफ्नो रुतुको साह्रै ख्याल गर्थो । याँहा सम्म कि रुतुलाई खान खुवाउने, नुहाइदिने, कपडालगाई दिने
ईत्यादि ।
    एक दिन रितु आफ्नो प्रेमी सँग भनी
"रिदम म तिमीसँग विवाह गर्न चाहान्छु, मलाई अरु केही पनि चाहिदैन तिमी भए पुग्छ, जिवन् भरी यसरी नै तिम्रो साथ पाए भने म हरेक दु:ख, शुख हासी हासी काट्नेछु । तिमी बिना म मेरो जिवनको कल्पना सम्म गर्न सक्दिन । तिमी नै मेरो आँखाको रोसनि हौ ।" यि सबै कुरा सुनेर रिदमको मन साह्रैखुशी भयो, अनी भन्यो
"रितु तिमी बाहेक मेरो पनि यो संसारमा को नै छ र ?
    तिमी नै हो मेरो आफ्नो भने पनि पराई भने पनि । म पनि तिमी बिना एक पल
पनि जिउन सक्दिन, तिमीनै हौ मेरो अतित, तिमी नै हौ मेरो बर्तमान र तिमी नै हुने
छौ मेरो भविष्य ।" एक दिन अचानक रुतुलाई कसैबाट दुईवटा आँखा मिल्यो ।
आँखा खोली हेर्दा त आफ्नो अगाडि एउटा अन्धो मान्छेलाई देखि ,त्यो अन्धो मान्छे अरु कोही नभैइ रिदमनै थियो रितु अचम्म मान्दै एकोहोरो टोलाएर हेरी मात्रा रही ।
अनी रिदम भन्छ : बिहे गर्छौ म सँग रितु ?
रितु : सरी, रिदम म तिमीसँग बेहे गर्न
सक्दिन । तिमी त अन्धो पो रहेछौ ।तिमीले मलाई कसरी पाल्न सक्छौ र ? यि सबै कुरा सुनेर रिदमको साह्रै चित्त दु:खयो र आँखा भरी आसु पारेर सानो कपिको पानामा मेरी प्यारी मुटुको धडकन रुतु मिठो सम्झना अनी न्यानो माया रितु, तिमी जहाँ छौ, त्यही सधैं खुशी हुनु । तिम्रो जीवनमा कहिल्यै पनि दु:खले बास नगरोस । तिमी त म बिना पनि बाँच्न सक्दिरहेछौ तर म तिमी बिना बाँच्न सक्दिन त्यसैले म यो संसारलाई छाडेर जादैछु र अन्त्यमा मैले तिमीलाई उपहार दिएको मेरा ति दुई आखाँको सधै जतन गर्नु गुड बाई ।।
उहिँ तिम्रो रिदम !!!!


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.