भारतीयहरुले यसकारण नेपालको विमानस्थल २ घण्टा अवरूद पारे , स्थिति नियन्त्रणमा लिंदा
प्रहरी सहित २ भारतीय घाइते
सुर्खेत, ३ जेठ । कैलाश मानासरोवर तीर्थयात्राबाट फर्केका भारतीय तीर्थयात्रीका कारण सुर्खेत विमानस्थल साढे दुई घण्टा अवरुद्व भएको छ । हुम्लाबाट नेपालगञ्ज विमानस्थलको बोडिङ पास दिएर सुर्खेतमा झारिएको भन्दै उनीहरुले रनवेमै सुतेर अवरोध गरेको बताईएको छ ।
हुम्लाको सिमीकोटबाट नेपालगञ्जका लागि भारतीय तीर्थयात्रु बोकेर उडेका गोमा एयरका दुई जहाज सुर्खेतमै रोकिएपछि विवाद सुरु भएको हो ।
उनीहरुको अवरोधका कारण हुम्ला जाने र त्यहाँबाट आउने छ वटा उडान अवरुद्ध भएको बताईएको छ । उनीहरुले धावन मागृमा अवरोध गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको बताइएको छ । प्रहरीले स्थिती नियन्त्रणमा लिदाँ एक महिला प्रहरीसहित दुई तीर्थालु घाइते भएका छन् । घाइतेहुनेमा प्रहरील जवान पार्तवी मल्ल रहेकी छिन् ।
ुभारतीय तीर्थयात्रुका अनुसार गोमा एयरले सिमीकोट विमानस्थलमा नेपालगञ्जसम्म पुर्याउने भन्दै बोडिङ पास दिएको थियो ।
ेनागरिक उड्डयन प्राधिकरण सुर्खेत शाखाका निमित्त निर्देशक छवीसिंह ठकुल्लाले एजेण्ट र एयरलाइन्सको कमजोरीले विमानस्थल अवरुद्ध हुन पुगेको बताए ।
गोमा एयरले सिमीकोटदेखि नेपालगञ्जको बोडिङ पास दिनु गल्ती भएको जानकारी गराएको छ । तीर्थ सकेर फर्केका यात्रुहरुको अवरोधका कारण नेपालगञ्जबाट सुर्खेत हुँदै मानासरोवर जान हिँडेका ६५ जना तीर्थयात्री भने अलपत्र परेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...