-->
ड्राइभरसहित ट्याक्सीमा आगजनी, पेट्रोल बमसहित बन्दकर्ता पक्राउ


काठमाडौं- बन्दकर्ताले चालकसहित ट्याक्सीमा आगजनी गरेका छन्। कोटेश्वरदेखि कंलकी जानुपर्ने भन्दै ट्याक्सीमा चढेका दुई जनाले केही पर लगेर आगजनी गरेको एसएसपी सुशील भण्डारीले नागरिकन्युजलाई बताए। उनका अनुसार सुवास परियार चालक रहेको बा१झ ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो।



त्यस्तै बन्द गराउँदै हिँडने दुई जनालाई पेट्रोल बमसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई भक्तपुरबाट पक्राउ गरिएको हो।

यता काठमाडौंको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.