-->
दाङको तुलसीपुरमा बस दुर्घटना, १९ जना घाइते

दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। 
 
सितलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ४९४ नम्वरको वस विपरित दिशावाट आउँदै गरेको जीपलाई साइड दिने क्रममा तुलसीपुर–६ रजौरामा बिहीबार बिहान पल्टिएको हो। 
 
दुर्घटनामा तुलसीपुर–१९ उरहरीकी ३५ वर्षीया मालता रावत,तुलसीपुर–१८ जसपुरकी ४२ वर्षीया लक्ष्मी परियार र श्रीगाउँ–४ पर्सडुवा निवासी ४० वर्षीया लीला भण्डारी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
 
यसैगरी तुलसीपुर–१२ रझेनाका ४८ वर्षीय लालवहादुर रावत, तुलसीपुर–१२ हरिपौरी निवासी ३० वर्षीया इन्द्रा भण्डारी, सोही ठाउँकै २६ वर्षीय सरोज रेग्मी, तुलसीपुर–६ एयरपोर्टकी ३० वर्षीया तारा केसी, तुलसीपुर–५ वसपार्क निवासी २१ वर्षीय सुनिल परियार, डुरुवा–८ भोजपुरका २५ वर्षीय अर्जुन चौधरी, तुलसीपुर–१२ टरिगाउँ निवासी ३५ वर्षीया निर्मला डाँगी र तुलसीपुर–६ गोलौरा निवासी २१ वर्षीया दिपशिखा बस्नेत घाइते भएका छन्। 
 
दुर्घटनामा तुलसीपुर–१९ जसपुरकी २२ वर्षीया उमा केसी, तुलसीपुर–५ वसपार्कका ५ वर्षीय वालक राज परियार, रोल्पा बुढागाउँ–९ का ४७ वर्षीय जयलाल पुन, तुलसीपुर–१२ हरिपौरीका ३८ वर्षीय शरद बस्नेत, तुलसीपुर–१८ जसपुरकी ३६ वर्षीय पार्वती परियार छन्। 
 
गाडी चालक फूलवारी–१, दमारगाउँका २५ वर्षीय विष्णु विक पनि घाइते भएका छन्। घाइते सबैको अवथा खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइते बैको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.