बाबुराम शर्मा
चरिकोट, जेठ १९ गते । दोलखाको मिर्गे–५ का ५४ वर्षीय केशव दाहालको हत्याका आरोपमा सोही ठाउँका ५५ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले २४ घण्टापछि पक्राउ गरेको छ ।
मङ्गलबार बिहान करिब ६ बजे आफ्नै छिमेकी दाहालको खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका निजलाई जिरी नगरपालिका–७ को सिक्री बनबाट २४ घण्टापछि खुकुरीसहित पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका तमाङलाई इलाका प्रहरी कार्यालय जिरीबाट सदरमुकाम ल्याइँदैछ । कार्यालयमा दाखिला भएपछि हत्या गर्नुका कारणबारे आवश्यक छानविन गरिने प्रहरी निरी्रक्षक ललनप्रसाद कुर्मीले बताउनु भयो ।
घरायसी सामान्य विवादमा आप्fनै घर आँगनमा बसिरहेका दाहाललाई खुकुरी प्रहार गरी हत्या गरिएको र उनकी श्रीमती सीता दाहाललाई सख्त घाइते पारिएको थियो । घाइते सीतालाई सदरमुकाम चरिकोट ल्याई उपचारार्थ काठमाडौँ लगिएको छ भने केशवको शव पोस्टमर्टम गरी आफन्तलाई बुझाइएको उहाँले जानकारी दिनुभयो ।
हत्यापछि खुकुरी नै लिएर तामाङ फरार भएका थिए । छिमेकी गाउँ नाम्दुमा हुन सक्ने शङ्काले गाउँ घेराउ गर्दै जिरीको सो वनमा लुकिरहेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...