काठमाडौँ । एक पटक कल्पना गर्नुहोस् त तपाईको शरीरमा रगतको मात्रा कमी भयो भने कस्ता कस्ता रोगले आक्रमण गर्लान् ? रगतको मात्रा कमी हुँदा साथ कैयौँ रोगको शिकार बन्नुपर्नेमा दुई मत छैन । त्यसैले रोगबाट बच्नका लागी यि सुपरफूड खान जरुरी हुने चिकित्सक बताउँछन् । रगत बढाउने त्यस्ता सुपरफूडहरु बजारमा पनि सजिलै पाइन्छ र यदि तपाई गाउँघरमा हुनुहुन्छ भने झनै सजिलै भेट्नुहुनेछ । रगत बढाउने मध्येको पहिलो फल हो निबुवा अर्थात अमिलो ।
अमिलोले अल्छिपनालाई मात्रै भगाउँदैन यसले सबैभन्दा बढी मानिसको शरीरमा रगत भगाउने र चाँया फाल्ने काम गर्छ । त्यस्तै रगतको मात्रा बढाउने अर्को फल हो अमला । अमला विभिन्न रोगको औषधीका रुपमा मात्रै प्रयोग नभई हेमोग्लोविन बढाउने काम गर्छ । अमलामा पाइने भिटामिन सीका कारण शरीरलाई स्वस्थ राख्न मद्धत पुग्छ । अमलालाई विभिन्न माध्यमबाट प्रयोग गर्न सकिन्छ । अचार बनाएर, जुसका माध्यमबाट तथा काँचै खाएर ।
त्यस्तै विभिन्न रोगबाट बचाउन तथा शरीरमा रगतको मात्रा बढाउन अमिलो र अमला जस्तै अर्को काम गर्ने वनस्पती हो तुलसी । तुलसीले पनी रगतको मात्रा बढाउँछ । त्यस्तै केराको सेवनबाट पनि विभिन्न रोगबाट बच्न सकिन्छ । केरामा पाइने प्रोटीन, आइरन, र खनिजका कारण यसले मानिसको प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यस्तै पाकेको अम्बा पनि औषधीकै रुपमा प्रयोग हुन्छ । अम्बाले विभिन्न रोगको सामना गर्दै शरीरमा रगत बढाउने काम गर्छ । एजेन्सीको सहयोगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...