-->
एउटै मुटुको व्यथा


"एउटै मुटुको ब्यथा"
आफ्नै रगत र कोख बाट जन्म लिएको छोराले छुट्टीन खोज्दै अंश मागेपछी बाबू,आमाले बाध्य भएर स्विकारे। र त्यसपछी घर छुट्टियो, भान्छा छुट्टीयो, घर र भान्छा सँग सँगै मन पनि छुट्टीयो। बाँडन लाई त तिल देखि तेल सम्म बाँडियो, नुन देखि सुन सम्म बाँडियो।
तर बिडम्बना
आमाले नौ महिना सम्म गर्भमा राखी छोरा जन्माउँदाको पीडा बाँडिएन। बाबुले प्राण हत्केलामा राखी बिदेश पसेको दु:ख बाँडिएन। बाँड्न लाई त बाबुले दु:ख गरि कमाएको श्री सम्पती सबै बाँडियो।तर त्यही सम्पत्ति कमाउँदाको पीडा बाँडिएनन। सम्झने हो भने छोरा बिरामी हुन्छ कि, भोको पेट लिएर रुन्छ कि, दिशा पिसाबमा गडछ कि भनेर जागै बसेको अनिन्द्रा रातहरु बाँडिएनन। आफू हरु भोकै बसेर भए पनि छोरा लाई खुवाएको मर्मस्पर्शी यादहरु बाँडिएनन। सारा सम्पत्ति भनेकै छोरा नै हो भनेर गरेका दु:ख बाँडिएनन। आज भोलि आमा,बाबुको बाँडिएको सम्पत्ति पनि छोराले नै खोसे पछि सडक को पेटिमा बसिरहेको आमा,बाबुले जिन्दगिमा कहिल्यै गुनासा गरेनन,,,,,,,,,,,,यो बाँडिएन,,,,,,,,,,,,,त्यो बाँडिएन।।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.