-->
इजिप्ट एअरको भग्नावशेष भूमध्य सागरमा फेला

कायरो, असार २ । अघिल्लो वर्ष १९ मे मा दुर्घटनाग्रस्त भएको इजिप्ट एअरको विमानको भग्नावशेष भूमध्य सागरमा भेटिएको छ ।

फ्रान्सको पेरिसबाट कायरोको लागि उडान भरेको ए ३२० विमान वेपत्ता भएको थियो । सो विमाानको भग्नावशेष भूमध्य सागरमा फेला परेको इजिप्टेली सरकारले जनाएको छ ।

६६ यात्रुसहितको उक्त विमान भूमध्य सागरमा दुर्घटनाग्रस्त यसअघि नै पुष्टि भए पनि दुर्घटना हुनुको कारण भने अझैसम्म खुल्न सकेको छैन ।

यसअघि दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुको सामानको तस्वीर सार्वजनिक गरिएको थियो । दुर्घटनाग्रस्त विमानको खोजीका लागि ग्रीस, इजिप्ट, फ्रान्स र बेलायत लगाएत थुप्रै मुलुकहका सेना तथा उद्धार टोलीहरु जुटेका थिए । (एजेन्सी)




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.