पाँच सेकेण्डमै बिक्यो तीस हजार भर्चुअल रियलिटी हेडसेट
एजेन्सी: वानप्लस स्मार्टफोन कम्पनीले यो वर्ष गर्मीमा निकाल्न लागेको भर्चुअल रियलिटी (भीआर) हेडसेट पाँच सेकेण्डमै तीस हजार वटा बिक्रि भइसकेको छ। भर्चुअल रियलिटीको माध्यमबाट नयाँ स्मार्टफोन वोन प्लस 3 सार्वजनिक गर्न लागेको केही समयअघि अमेजनको एपमा राखिएको बिक्रीबाट यस्तो देखिएको हो।
कम्पनीले एममा पाँच सेकेन्डमा तीस हजार भर्चुअल रियलिटी (भीआर) हेडसेट बिक्री गरेको दाबी गरेको छ। साथै कम्पनीले विक्रीका लागि राखिएको एपमा १० लाख मानिसले दर्ता गराएको बताएको छ।
यो (भीआर) हेडसेट अमेजनमा लूप वीर आर पेजमा ३ जुनदेखि ७ जुनसम्म बिक्रीका लागि राखिएको थियो। वानप्ल्स इनडियाका महाप्रबन्धक विकास अग्रवालले भनेका छन्, 'यो वान प्लस ३ को सार्वजनिक अघि उपभोक्ताको यो प्रतिक्रियाले म उत्साहित भएको छु।'
वान प्लस ३ले एएनटीवीआरको सहकार्यकमा लुपभीआर हेडसेटलाई बनाएका हुन्। जुन गत वर्ष सार्वजनिक गरिएको कार्डबोर्डको परिस्कृत रुप हो लूप वीर आर हेडसेट।
यो वर्ष वानप्लस ३ को सार्वजनिक गरिएसँगै यो नै विश्वको सबैभन्दा फरक र पहिलो अनुभूति गर्ने मोबाइल हुनेछ। वानप्लस ३को बिक्री अमेजनमा १५ जुनदेखि दिउँसोबाट सुरु गर्ने कम्पनीले जनाएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...