-->
सिरियामा सहायता सामग्री खसाल्न आग्रह

Image copyright

सिरियामा लाखौं मानिसहरु संकटमा परेका खबरमाझ अमेरिका, फ्रान्स र ब्रिटेनले द्वन्द्वग्रस्त क्षेत्रमा आकासबाट सहायता सामाग्री पुर्याउने राष्ट्रसंघलाई आग्रह गरेका हुन्।

गत महिना सिरियाको लागि अन्तर्राष्ट्रिय सहायता समुहले सिरियाका द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सहयता पुर्याउनका लागि जुन १ तारिकको समयसीमा तोकेको थियो।

तर निकै थोरै परिमाणमा मात्र ती स्थानमा सहायता सामाग्री पुगेका विवरणहरु आएका छन्।

यस्तो बेला राष्ट्रपति आसाद जुन १ तारिकसम्म सबै क्षेत्रहरुमा अत्यावश्यक सामाग्रीको आपूर्ति सुनिश्चित गर्नको लागि दिइएको समयसीमा पालना गर्न विफल भएको अमेरिका फ्रान्स र ब्रिटेनले बताएका छन्।

'अपर्याप्त'

अमेरिकी विदेश मन्त्रालयले सिरिया पुगेका सहायता सामाग्री गृहयुध्दमा फसिरहेका मानिसहरुका लागि पर्याप्त नभएको बताएको छ।

वासिङ्टनस्थित बीबीसीकी लरा बिकर भन्छिन्, “अहिले सिरियामा करिव ६ लाख मानिसहरु द्वन्द्वग्रस्त क्षेत्रमा फसिरहेको र अन्य ४० लाख मानिसहरु पुग्न कठिन क्षेत्रहरुमा रहेका अनुमान छ।”

ब्रिटेनका विदेश मन्त्री फिलिप हामोन्डले सिरियामा पर्याप्त सहायता सामाग्री नपुगेको चिन्ता व्यक्त गरे।

Image copyrightAFP

उनले रुस र इरानलाई सिरियामाथि थप प्रभाव जमाएर सुरक्षित तरिकाले सहयता समाग्री पुर्याउन आग्रह गरे।

सिरियाली सरकारी फौजले घेराहालिरहेको दराया नगरमा बुधबार केहि ट्रक पुगेका थिए तर तीनले खाद्य पदार्थ बोकेका थिएनन्।

रुसले त्यो प्रगतिको स्वागत गरेको छ।

सिरियाको अवस्थाबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको वैठक शुक्रबार बस्दैछ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.