-->
पहिले आफूलाई नमस्कार गर्नेलाई पछि फर्कीफर्की उल्टै किन हात जोडे ओलीले ?, यस्तो छ खास कहानी

काठमाण्डु, ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभामा भट्टराईले फान नै गरेर बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओली ढिलै भएपनि दशरथ रंगशाला पुगे ।


उनी कार्यक्रमस्थल पुगेको केही समयपछि नै बोल्ने पाले आयो । ओलीले केही समय आफ्नो मन्तव्य राखेर फर्कने क्रममा मञ्च अगाडी अघिल्लो पंतिमा बसेका सबै अतिथीको अभिवादन स्वकिार्दै गर्दै हात मिलाउन थाले ।

त्यत्तिकैमा सेतो खैरो रंगको दौरा, सुलवाल र ढाकाटोपी लगाएका एक बृद्धले उनलाई नमस्कार गर्दै आफ्नो हात मिलाए । हात मिलाएर ओलीले केही पाइला मात्र के अघि सारेका थिए उनी बाबुराम उनी नजिकै आइपुगे र ती बृद्धको परिचय गराउन थाले ।


बाबुरामले परिचय गराएपछि ओलीले उनलाई नमस्कार गरे र पुनः हात मिलाए । केही समयअघि ओलीलाई नमस्कार गर्दै बृद्धले हात अघि बढाएका थिए भने त्यसकै केही सेकेण्डमा बाबुरामले परिचय दिएका ओलीले नमस्कार गर्दै हात अघि बढाए ।


बास्तवमा ति बृद्ध अरु कोही नभएर बाबुराम भट्टराईका बुबा भोजराज भट्टराई थिए । सुरुमा बाबुरामसँगै बसेका भोजराज राजनीतिक दलका नेतालाई स्थान छाडिदिँदै परपर सेका थिए । ओली आउँदा उनी अघिल्लो पंक्तिमा बाबुराम भन्दा केही स्टेप पर बसेका थिए ।


पछि सम्बोधनमा समेत बाबुरामले आट्टना बुबालाई संकेत गर्दै उहाँको अगाडि आफू एउटा नयाँ जिम्मेवारी बोकेर अघि बढेको बताएका थिए ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.