-->
चिनियाँ राष्ट्रपति सी ओली सरकार टिके मात्र नेपाल आउने, उच्च सैनिक अधिकारी आउँदै

काठमाण्डु, २० जेठ– छिमेकी मुलुक चीनका सञ्चारमन्त्री र संस्कृतिमन्त्रीको नेपाल भ्रमणपछि चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख यडमिरल सुन चियान्क्वो तीनदिने नेपाल भ्रमणमा आउने भएका छन् ।


नेपाली सेनाको निमन्त्रणामा जेठ २४ गते काठमाण्डु आइपुग्ने चिनियाँ सेनाका उपप्रमुखले आएकै दिन रक्षामन्त्री भीम रावल र रक्षासचिव महेश दाहालसँग भेटवार्ता गर्नेछन् । यो भ्रमण दुई पक्षीय सैनिक सहायतामा केन्द्रित हुनेछ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दुई देशका सेनाबीच आपसी हित अभिवृद्धि गर्ने अभिप्रायले भ्रमण तय भएको बताए । तत्कालिन सेनापति छत्रमानसिंह गुरुङका पालामा चिनियाँ सेनाका तत्कालिन प्रमुख जनरल छन् वांग्देपछि यो चिनियाँ सेनाका तर्फबाट भएको उच्च भ्रमण हो ।

वर्ममान सरकार यथावत रहेको अवस्थामा आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको तयारी गरिरहेको सन्देश राजनीतिक क्षेत्रमा प्रवाह भइरहँदा सैनिक उच्च अधिकारीको यो भ्रमणलाई त्यसकै तयारीका रुपमा लिइएको छ ।

उनले चीनको सहयोगमा निर्माण भइरहेको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा जाने इच्छा देखाएका छन् ।
अन्नपूर्ण पोष्टबाट




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.