-->
रूस निष्कासित हुनसक्ने ।

असार १, २०७३- युरोपेली फुटबल महासंघ (यूईएफए) ले रुसलाई उनीहरूका प्रशंसकले देखाएको उग्र व्यवहार दोहोर्याएमा युरो २०१६ बाट निष्कासित गरिदिने जनाएको छ । मार्सेमा आइतबार भएको खेलका क्रममा भएको दंगाका कारण रुसलाई युरोपेली फुटबलको सर्वोच्च संस्थाले १ लाख ५० हजार युरो पनि जरिवाना गराएको छ ।

नकाबधारी रुसका समर्थकहरूले मार्सेमा शनिबार समूह ‘बी’ को खेल १–१ को बराबरीमा सकिएलगत्तै इंग्ल्यान्डका समर्थकहरूलाई मुक्काले र लात्तीले बजाउन लागेका थिए । रुसका समर्थकहरू बन्दरगाह सहरमा खेलअगाडि र खेलपछि पनि इंग्ल्यान्डका समर्थकहरूमाथि जाइलागेका थिए ।

‘दर्शकको हुलदंगा, आगोको झिल्को प्रहार गर्नु, जातीय दुव्र्यवहारका कारण रुस फुटबल संघमाथि यो कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो,’ यूईएफएले आफ्नो विज्ञप्तिमा भनेको छ । यूईएफएले आफ्नो इथिक्स कमिटीले निलम्बन र जरिवाना सिफारिस गरेको जनाएको छ । ‘दर्शकको यस्तै व्यवहार रंगशालाभित्र र टोलीको बाँकी खेलमा दोहोरिएमा रुसलाई प्रतियोगिताबाट निष्कासित गरिनेछ,’ यूईएफएले भनेको छ ।

इंग्ल्यान्डलाई पनि यस्तो दोहोरिएमा प्रतियोगिताबाट निष्कासित गर्ने चेतावनी दिइएको छ । तर उनीहरूलाई आधिकारिक रूपमा केही भनिएको छैन ।

इंग्ल्यान्ड र रुसका प्रशंसकहरूबीच लेलमा यस साता फेरि भिडन्त हुने सम्भावना देखिएको छ । रुसले यो सहरमा बुधबार स्लोभाकियासँग खेल्दै छ । लेलको छिमेकी सहर लेन्समा हुने वेल्सको खेलमा इंग्ल्यान्डका समर्थकहरूको उपस्थिति हुने अनुमान गरिएको छ ।

रुसका समर्थहरूले तीन दिनसम्म भएको झडपमा इंग्ल्यान्डका समर्थकलाई खेदीखेदी प्रहार गरेका थिए । उनीहरूलाई रोक्न फ्रान्सका समर्थकहरूसहित व्यापक प्रहरी परिचालन गरिएको थियो । फ्रान्सका प्रधानमन्त्री मानुइल भालासले मंगलबार केही हुल्याहा दर्शकलाई फ्रान्सबाट निकाला गरिएको जनाएका छन् ।

त्यसमा रुसको एउटा समूह भएको जनाइएको छ ।

फ्रान्सेली पुलिसले गरेको अप्रेसनमा कम्तीमा ४० रुसी समर्थक समातिएका थिए । रुस र इंग्ल्यान्डले दर्शकहरूबीच झगडाको वातावरण हुनुमा फ्रान्सको फितलो सुरक्षा व्यवस्था रहेको पनि आरोप लगाइरहेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.