ओलिलाई उखान टुक्का सुनाउदैमा ठिक्क छ कसरी हुन्छ देश बिकास ? कंग्रेसले चाहेमा आजै
सरकार ढाल्न सक्छ :गगन
जुम्ला– नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार ढाल्न आइतबार पर्खनु नपर्ने बताएका छन्। काँग्रेसले चाहे जतिखेर पनि सरकार ढालेर नयाँ सरकार गठन गर्न सकिने उनले जिकिर गरे।
संविधान कार्यन्वयनका लागि वर्तमान सरकार गम्भीर नभएको आरोप लगाए। ‘वर्तमान सरकारका प्रधानमन्त्रीलाई ठट्टा गर्न ठिक्क छ,’ उनले भने। कृषि तथा जलश्रोत समितिका सभापतिसमेत रहेका थापाले कर्णाली कृषि र जलका हिसाबले निकै धनी भए पनि उपयोग गर्न नसकेको दुःख व्यक्त गरे। बजेट कर्णालीमैत्री भएन, प्रचार मुखी भयो, बजेट किसान मारा भयो उनले भने अहिलेका सत्ता सञ्चालकले दीर्घकालिन सोचका साथ अभियान थाल्न सकेनन्।
काठमाडांैले कर्णालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै कर्णालीको अथाह संभावनाका बारेमा राजधानी चर्चा गर्ने प्रतिवद्धता व्यक्त गरे।


0 comments
प्रतिक्रिया दिनुहोस्...