
मोटोपनले तपाईमा हृदयघात, स्ट्रोक, डायबिटिजि र क्यान्सर रोग लाग्ने पुष्टि भइसकेको छ । अर्को शब्दमा भन्ने हो भने तपाईको मोटोपन विभिन्न रोगको श्रोत हो । तर, विज्ञहरुका अनुसार तपाई जति ख्याउटे भए पनि पेट मात्र बढेको छ भने समग्र मोटो वा तौल बढी भएको मानिसलाई भन्दा अझै स्वास्थ्यका दृष्टिले खतरा छ । अर्थात् तपाईको पेटले तपाईंलाई मृत्युतर्फ धकेलिरहेको छ ।
मोटोपन व्यबस्थासम्बन्धी निर्र्देशिकाले तपाई कति मोटो हुनुहुन्छ भन्ने पत्ता लगाउछ । यस निर्देशिकाले चिकित्सकलाई तपाईको शरिरको मासुको सूचांक हेर्न लगाउँछ । जस अन्तर्गत तपाईंको उचाई र तौलको आधारमा शरिरको मोटोपनको मापन गरिन्छ । एउटा स्वस्थ बीएमआई (बोडी मास इन्डेक्स) ले तपाईंको पेटको मोटोपन बारे स्पष्ट जानाकारी दिन्छ । तसर्थ यदि तपाईको पाईन्ट बटन लगाउन गाहो भएको छ भने तपाईले आफ्नो तौलको बारेमा आजैदेखि बिचार पुयाउनु होस है ।
म मोटो छैन
‘सामान्य बीएमआई भएका मेरा बिरामीले विभिन्न गुनासा गर्ने गरेका छन् । सामान्य हुँदा पनि व्यायम गर्न पर्छ वा पर्दैन भन्ने विषयमा उनीहरु बारम्बार प्रश्न गर्छन् । यस्तो अवस्थामा आफूले मन लागेको खाने वा नखाने विषयमा पनि जिज्ञास राख्छन,’ मोटोपन सम्बन्धि अमेरिकी विज्ञ डा. फ्रान्सिस्को लोपेज जिमेनेज भन्छन् । लोपेज जिमेनेज मिनेसोटाको कार्डियोलोजी शाखाका चिकित्सक हुन् । यो पछिल्लो अध्ययनले के देखाएको छ भने उनीकहाँ आउने ठूलो भुडी भएका मोटोपनका बिरामीले (ब्रोकोली (एक प्रकारको फूल) को जुस खानुपर्ने र आफूलाई ट्रेडमिल (मानिसले चलाउने मिसिन ) मा संलग्न गराउनुपर्छ ।
यो अध्ययनलाई एनल्स अफ इन्र्टनल मेडिसिनको पछिल्लो संस्करणमा प्रकाशित गरिएको छ । करिब १५ हजार मानिसको तथ्यांकलाई अवलोकन गरेपछि ठूला ठूला भाडाको आकार जस्ता भुँडी भएका मानिसहरुमा अन्य तौल बढी भएका वा मोटा मानिसहरुमा भन्दा दोब्बर मृत्युको खतरा भएको देखाएको छ । ठूला कम्मर र भँुडी भएका मानिसहरुमा डायबिटिज, स्टोक, मुटु लगायतका समस्या हुने यसअघिका अध्ययनहरुले देखाएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...