काठमाडौं । सरकारले एचपी ब्रान्डको ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ । एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले यस उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बुधबार बसको उपभोक्त हित संरक्षण परिषदको बैठकले एचपी ग्यासलाई खरिद ढुवानी आदेश नदिलने निर्णय गरेको हो । आपूर्ति व्यवस्थापनम तथा हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले झन्डै १ महिनाअघि एचपी ग्यास विस्फोटबाट ३ जनाको मृत्यु भएकोले उद्योगमाथि सो प्रतिवन्ध लगाइएको जानकारी दिए । पीडीओ रोक्का भएपति एचपी ग्यास उद्योग बन्द हुनेछ । एचपीले मासिक ६० बुलेट ग्यास आयत गर्दै आएको छ । यो ग्यास ७५ हजार उपभोक्ताको घरमा पुग्छ । जेठ ७ गते ललितपुरको इछताछेमा ग्यास सिलिन्डर विस्फेट हुँदा ३ जनाको ज्यान गएको थियो । खाना पकाउने ग्यासको सिलिन्डरमा फलामको पातको मोटाइ नेपाल गुणस्तरअनुसार २दशमलव ९ मिलिमिटर हुनुपर्नेमा विस्फोट भएको ग्यासको पाताको मोटाइ १ दशमलव ८३ मिलिमिटर पाइएको थियो । एचपीका उपभोक्ताले अब के गर्ने भन्ने निर्णय भएको छैन । एचपी ग्यासका उपभोक्ताको सम्बन्धमा निगमले नै निर्णय गर्ने जनाइएको छ । आजको कारोबार देनिकमा समाचार छ ।
एचपी ग्याँस आयात तथा विक्रीमा प्रतिबन्ध
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...