चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेडले काठमाडौं रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि निवेदन दिएको छ। सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा दुई वर्षभित्र रसुवागढी, काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको परियोजना प्रतिवेदन तयार गरिसक्ने घोषणा गरेसँगै चिनियाँ कम्पनीले निवेदन दायर गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।
तिब्बतको दक्षिण पश्चिमी शहर सिगात्सेसम्म आइपुगेको चिनियाँ रेललाई चीनले सन् २०२० सम्म नेपालको सीमा नजिकको शहर केरुङ (जसलाइ चीनमा गिरोङ भनिन्छ) सम्म विस्तारका लागि धमाधम काम अघि बढाइरहेको छ।
चिनियाँ रेलमार्ग केरुङमै रोकिएला वा नेपालतर्फ अघि बढ्ला भन्ने अड्कलबाजी चलिरहँदा चीनले रेलमार्गलाई नेपालको राजधानी काठमाडौं, पर्यटकीय नगरी पोखरा हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन अध्ययनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ।
ख्याल ख्यालमै रेल चलाउने तयारी
काठमाडौं—आलोचकहरु भन्छन् प्रधानमन्त्री केपी शर्मा ओली हावादारी गफ गर्छन्, समस्याबाट पन्छिन् रेलको सपना बाँड्छन्। समर्थकहरु भन्छन्, ओलीको सपना पछाडि प्रशस्त तयारी छन् छिटै नेपालमा रेल चल्नेछ। प्रमको भाषण र आलोचकबीच दोहोरी चलिरहँदा ख्याल ख्यालमै नेपालमा रेल चलाउने तयारी सुरु भएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...