संगीतकार गुरुङलाई बचाउने हरप्रयास जारी: डा. पाण्डे
काठमाडौं: वरिष्ठ संगीताकार अम्बर गुरुङलाई बचाउने हरसम्भव प्रयास भइरहेको ग्रान्डी अस्पतालका कार्यकारी निर्देशक डा. चक्र पाण्डले बताएका छन्।
गुरुङको निधन भएको समाचार हल्लामात्रै भएको बताउँदै डा. पाण्डेले उनको अवस्था भने अत्यन्त नाजुक रहेको जानकारी अन्नपूर्ण अनलाइनलाई दिए।
'उहाँलाई हामीले बचाउने हरसम्भव प्रयास गरिरहेका छौं', उनले भने, 'भएसम्मका सबै प्रविधिको प्रयोगबाट उहाँको उपचार भइरहेको छ। तर अवस्था भने अत्यन्तै नाजुक छ।'
स्वास्थ्यमा गम्भीर समस्या आएपछि वरिष्ठ संगीतकार गुरुङलाई उपचारका लागि गत मंगलबार ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य कम्जोर हुँदै गएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...