-->
एसिया कप छनोटमा भारत विजयी, बंगलादेश चिप्लियो

काठमाडौं, २१ जेठ, एसिया कप छनोट फुटबलमा भारतले सफलता हासिल गर्दा बंगलादेश भने पराजित भएको छ । भारतले लाओसलाई १–० ले हरायो । केही दिनअघि नेपालसंग खेलेको मैत्रिपूर्ण फुटबलमा भने लाओसले १–१ को बराबरी खेलेको थियो । बंगलादेश भने ताजिकिस्तानसंग ५–० ले पराजित भएको छ । त्यस्तै अन्य खेलमा चाइनिज ताइपेइले कम्बोडियासंग २–२ को बराबरी खेल्दा यमनले माल्दिभ्सलाई २–० ले हरायो । त्यस्तै मलेसियाले टिमोर लिस्टेलाई ३–० ले हरायो । नेपाल भने यसअघि पनि पराजित भइसकेकाले छनोट खेल्न पाएन । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.