काठमाडौँ – केही हप्ता अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले अध्यक्ष बनेकोमा बधार्इ एवं शुभकामना दिएको भनेर नेपाली मिडियाले निकै प्रचार गरे । तर, त्यो वास्तविकता थिएन । प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष बनेपछि उनलार्इ नेपालका लागि उत्तर कोरियाली राजदुतले भेटेरै बधार्इ तथा शुभकामना दिएका थिए । भेटमा प्रचण्डले कोरियाका राजदुतलार्इ भनेका थिए, ‘सबै माओवादी मिलेर हामीले माओवादी केन्द्र बनायौं ।’
प्रचण्डले विप्लव र वैद्यको ठूलो माओवादी शक्ति बाहिर रहेकोबारे कोरियाका राजदुतसँग कुनै कुरा गरेनन् । अनि कोरियाका राजदुतले होकि भनेर सबै माओवादी मिलेको भए तपार्इहरूलार्इ बधार्इ तथा शुभकामना भनेर प्रचण्डलार्इ भने । कोरियन राजदुतले त्यत्ति मात्र के बोलेका थिए, प्रचण्डले बाहिरी मिडियामा भन्न लगाए – ‘हामीलार्इ उत्तर कोरिया र कोरियाली राष्ट्रप्रमुख किम जुङ उनले माओवादी केन्द्र बनेकोमा बधार्इ तथा शुभकामना पत्र पठाए भनेर ।’
त्यो समाचार प्रकाशित भएको केही दिनपछि नेपालस्थित उत्तर कोरियाका एक प्रतिनिधिले जनपाटीसँग त्यो समाचारमा सत्य नभएको बताए । ‘माओवादी केन्द्र बनेपछि हामी राजदुतसहित प्रचण्ड निवासमा पुगेका थियौं । त्यहाँ हामीले सबै माओवादी मिलेको भन्ने कुरा प्रचण्डबाट जानकारी पायौं । अनि हाम्रा राजदुतले प्रचण्डलार्इ माओवादी केन्द्रका अध्यक्ष बनेकोमा बधार्इ तथा शुभकामना दिनु भयो ।’
नेपालस्थित कोरियाली राजदुतावासका एक प्रतिनिधिले जनपाटीसँग भने – ‘तर मिडियाले जसरी हाम्रो कोरियाका राष्ट्रप्रमखुले नै प्रचण्डलार्इ बधार्इ तथा शुभकामना दिएको भन्ने समाचार प्रकाशित गरे । त्यो सत्य होइन । हाम्रो राजदुतले मात्र प्रचण्डलार्इ नेपालबाटै शुभकामना दिएका हुन् ।’ यतिबेला प्रचण्ड अन्तराष्ट्रिय रूपमा भाइचाराबाट एक्लिएपछि उनले आफुलार्इ अन्तराष्ट्रिय समर्थन छ भनेर देखाउन गलत प्रचार गर्न लगाएको बुझिएको छ ।
चीनले धेरै समयअघि देखिनै प्रचण्डलार्इ विश्वास गर्न छाडेको छ । प्रचण्डसँग बोलीको कुनै ठेगान नभएको भन्दै चीनले प्रचण्डलार्इ विश्वास नगरेको बताइएको छ । बरू चीनले एमालेलार्इ अहिले धेरै विश्वास गरेको बुझिएको छ । सबैतिर विश्वास गुमाएका प्रचण्डले आफ्नो साख बढाउन कोरियाली राष्ट्रप्रमुखले आफुलार्इ माओवादी केन्द्रको अध्यक्ष बनेपछि बधार्इ तथा शुभकामना दिएको भनेर मिडियामा नियोजित रूपले भन्न लगाएको कुरा खुल्न आएपछि प्रचण्डको झुठको राजनीति पुनस् उदांगिएको छ । – जनापाटीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...