-->
ट्राफिक नियम उलङ्घन गर्ने चार हजार चालक कारबाहीमा

रसुवा। ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकउपरको कारबाही तीव्र पारिएको छ ।

यातयात व्यवस्था विभागको अनुमति बेगर आएका र स्थानीयस्तरमा ट्राफिक नियम उलङ्घन गर्ने चार हजार १०० सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी रसुवाले जनाएको छ ।

पासाङल्हामु मार्गमा चल्ने सवारी साधनबाट चालु आवको साउनदेखि हालसम्म जरिवानाबापत १८ लाख २१ हजार ५०० राज्यकोषमा दाखिला भइसकेको बताइएको छ ।

कारबाही पर्नेमा ट्रक, बस, जिप, कार, कन्टेनरलगायत रहेका र उनीहरुलाई ट्राफिक नियमको चेतना अभिवृद्धि गराउने कार्यलाई पनि अगाडि बढाइएको ट्राफिक प्रहरीले बताएको छ



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.